एमालेको सचिवालय बैठक सुरु


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बिहानदेखि जारी बैठकमा नेताहरूको कार्यविभाजन र केन्द्रीय सदस्यहरूको मनोनयनका बारेमा छलफल हुनेछ ।

एमालेको ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनीत गर्न बाँकी छ । त्यस्तै स्थायी कमिटी, पोलिटब्युरो, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च र अनुशासन आयोग गठनबारे छलफल हुनेछ ।

नेताहरूको कार्यविभाजन र विभिन्न कमिटीमा जिम्मेवारी पाउने नेताहरूको नाममा सचिवालयमा सहमति जुटाएर केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने तयारी छ ।

सचिवालय बैठकलगत्तै सोमबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी छ ।