काठमाडौँ । नेपाली कांग्रेस सिन्धुपाल्चोकको १५औँ अधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनका लागि उम्मेदवारी प्रस्तुत गरेका नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सञ्जय लामाले आफ्नो भेटघाट तथा छलफललाई तीव्रता दिएका छन्।
अधिवेशनको तयारी तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर लामाले साथमा सिन्धुपाल्चोक काग्रेसका अग्रज नेता डा. प्रेम धोज लामा सँग भेटघाट गरेका छन्। भेटघाटका क्रममा अधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशालगायतका महत्वपूर्ण विषयमा छलफल भएको बताइएको छ।
भेटघाटका क्रममा अधिवेशनमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासहित छलफल सम्पन्न भएको जनाइएको छ। क्षेत्रीय अधिवेशन नजिकिँदै गर्दा लामाले नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूसँग भेटघाटलाई निरन्तरता दिँदै आफ्नो उम्मेदवारीका विषयमा छलफल गरिरहेका छन्।




प्रतिक्रिया