काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनले एकताको भाव पैदा गरेको निष्कर्ष निकालेको छ।
आज च्यासलमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले अध्यक्षको प्रतिवेदनले पार्टी एकताको भाव पैदा गरेको बताएका हुन् ।
उनका अनुसार बौठकमा प्रतिवेदनलाई तलसम्म सम्प्रेषण गर्नेबारे छलफल भएको छ । ‘अध्यक्षको प्रतिवेदनलाई कसरी तलसम्म सम्प्रेषण गर्ने कुरालाई जोड दिइयो ,’ उनले भने ,‘एकरूपतामा प्रतिवेदनलाई बुझ्ने, अध्ययन गर्ने र तल सम्प्रेषण गर्नेबारे छलफल भयो।
बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गर्ने र स्थायी कमिटीको नामबारे पनि टुङ्गो लगाएको उनले बताए।




प्रतिक्रिया