एमालेले ७ नेता स्थायी कमिटी सदस्यमा मनोनित


काठमाडौं । नेकपा एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ।

आज बसेको सचिवालय बैठकले ७ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो ।

मनोनीत हुनेहरुमा पूर्वउपाध्यक्ष ईश्वर पोखरेल, पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अम्गाईं रहेका छन् ।

एमालेको आजको बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको छ।