प्रधानमन्त्री बालेनले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहका अनुसार शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यद्यपि, महासभामा वक्ताहरूको क्रमअनुसार उनको सम्बोधनको समय केही अघि वा पछि सर्न सक्ने जनाइएको छ।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा द्विपक्षीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री शाह बुधबार राति अमेरिका पुगेका हुन्। उनको अमेरिका भ्रमण यही क्रममा असोज १० गते पूरा हुने र त्यसपछि नेपाल फर्कने कार्यक्रम छ।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो।