स्याङ्जा । स्याङ्जामा बिहीबार साँझ भएको जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ । सो घटनामा परी पुतलीबजार–१० बस्ने ७६ वर्षीय उत्तमसिंह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।
भीरकोट–३ बजादीमा विवाहको भोज खाएर बयरघारी फर्किने क्रममा भीरकोट–१ करूङ बयरघारी केगा भित्री सडकखण्डमा साँझ जीप दुर्घटना भएको हो। ग १ ज ७६१० नम्बरको जीपको स्टेरिङ लक भई घुम्तीमा मोडिन नसक्दा सडकबाट २० मिटर तल खसेको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।
दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेहरूको नगर अस्पतालमा उपचारमा भइरहेको छ। जीप र त्यसका चालक खेमप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया