बीपी राजमार्ग अवरुद्ध,सवारीसाधन धुलिखेमा ‘होल्ड’ गरियाे


काभ्रेपलाञ्चोक । अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएसँगै सबै सवारीसाधनहरू धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ

बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए ।

उनका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ भने चौकीडाँडामा रोशी खालाले डाइभर्सन कटान गरेको छ ।

अहिले पनि वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने भएकोले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।