पोखरा, भैरहवा र सिमरातर्फको उडान रोकिए


काठमाडौँ । अविरल वर्षाको कारण काठमाडौँबाट पोखरा, भैरहवा र सिमरातर्फको उडान रोकिएका छन्।

काठमाडौँबाट अन्य विमानस्थलमा भने निरन्तर हवाई उडान भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

त्रिभुवन विमानस्थलको हटलाइनबाट प्राप्त जानकारी अनुसार आन्तरिक तर्फ पोखरा, भैरहवा र सिमराको उडान रोकिए पनि अरू अन्य विमानस्थलमा उडान रोकिएका छैनन्।

अन्तर्राष्ट्रिय तर्फको उडान पनि निरन्तर भइरहेको छ ।