भक्तपुर । हनुमन्ते खोलाले जन सतह पार गरेपछि लोकन्थलीस्थित सिर्जना टोलबाट १६ परिवार उद्धार गरिएको छ ।
जिल्ला प्रहरीले जनाए अनुसार मध्यपुर ठिमी नगरपालिका- १, लोकन्थलीमा रहेको होचो भागमा पानी छिर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै ती परिवारलाई सुरक्षित स्थानमा लगिएको हो ।
पानीको बढ्दो चापका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त उध्दार भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया