कांग्रेस वडा अधिवेशनमा दुई पक्षबीच कुटाकुट


विराटनगर । नेपाली कांग्रेसको विराटनगर–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दुई पक्षबीच कुटाकुट भएको छ।

भलबद्र सेवा समिति केसलियाको सभाहलमा नेतृत्व चयनका लागि मतदान भइरहेका बेला विवाद भएपछि झडप भएको हो। घटनापछि प्रहरीले क्षेत्रीय प्रतिनिधिका उम्मेदवार इरसाद अहमदलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ।

कुटाकुटका कारण केही समय रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ। वडा नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल ‘भोला’ समूहबीच प्रतिस्पर्धा भइरहेको छ।