चितवन । नेपाली काँग्रेस चितवनका प्रभावशावी युवा नेता तथा नेपाल तरुण दल चितवनका उपाध्यक्ष अमृत गुरुङले १५ औँ महाधिवेशनमा चितवन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधि पदमा (खुल्ला ) तर्फबाट उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रसको राजनीतिसँग-सँगै विभिन्न सामाजिक कार्यमा अग्रसर नेता गुरुङ युवामाझ लोकप्रिय छन् । हालसालै गएको रसुवा बाढी प्रभावित क्षेत्रमा उनकै नेतृत्वमा नेपाल तरुण दल चितवनले राहत सामाग्री वितरण गरेको थियो र जाजरकोट भुकम्पमा समेत उनकै नेतृत्वमा राहत वितरण भएको थियो।
चितवन जिल्लामा नेपाल तरुण दलको नेतृत्व गर्नका लागि समेत गुरुङलाई युवाहरुले आग्रह गरिरहेका छन् । गत फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेस चितवन क्षेत्र नं ३ को युवा संयोजक रहेका अमृत गुरुङले चुनावी कमाण्डरको भुमिका निकै प्रभावशाली रुपमा गरेका नेताहरु बताउँछन् ।
१५ औँ महाधिवेशनबाट नेपाली काँग्रेसमा युवा नेतृत्वको आवश्यक रहेको बताउँदै अग्रजहरुको आशीर्वाद र युवाहरुको साथमा आफुले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिइएको अमृत गरुङले बताए । साथै नेता गुरुङले चितवन क्षेत्र नं ३ का सम्पुर्ण क्षेत्रीय प्रतिनिधि र वडा इकाइ सभापतिलाई आफुलाई मतदान गरि विजयी गराइदिन समेत आग्रह गरेका छन् ।




प्रतिक्रिया