काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ।

असोज १६ गते हुने महाधिवेशन उद्घाटनका लागि कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निमन्त्रणा दिएको हो।

कांग्रेस सहमहामन्त्री उदयशमशेर राणाका अनुसार शुक्रबार तीनै नेतासँग भेट गरी निमन्त्रणापत्र हस्तान्तरण गरिएको छ।

महाधिवेशनमा छिमेकी मुलुकका राजनीतिक व्यक्तित्व तथा अन्य विदेशी अतिथिलाई समेत आमन्त्रण गर्ने तयारी भइरहेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।




प्रतिक्रिया