नवलपुर (नवलपरासी), ११ असोज । नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बस्ती डुबानमा परेका छन् ।
गैँडाकोट नगरपालिका–२ बोटेटोल तथा कावासोतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी अनिल पण्डितकाअनुसार बोटेटोल डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।




प्रतिक्रिया