अष्ट्रेलियाको ब्याज दर १५ वर्षकै उच्च


सिड्नी, १३ असोज । अष्ट्रेलियाको केन्द्रीय बैङ्कले इनधको बढ्दो मूल्यबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षकै उच्च बनाएको छ ।

अष्ट्रेलियाको केन्द्रीय बैङ्क (आरबीआई)ले मध्यपूर्वमा बढ्दो द्वन्द्व र उच्च विश्वव्यापी ऊर्जा मूल्यलाई उद्धृत गर्दै नगद दर २५ आधार अङ्कले बढाएर ४.६ प्रतिशत बनाएको जनाइएको छ ।

बैङ्कले मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वव्यापी तेल आपूर्तिमा थप अवरोध आएको उल्लेख गर्दै हालैको तथ्याङ्कले अष्ट्रेलियामा वृद्धि र मुद्रास्फीति अपेक्षाभन्दा बढी भएको जानकारीसहित विज्ञप्ति निकालेको छ ।

इन्धनको उच्च मूल्य अन्य वस्तु र सेवाको मूल्यमा पार भइरहेको बैङ्कले जनाएको ।

कृतिम वौद्धिकता (एआई)को उच्च वृद्धिले प्रविधिको लागत पनि बढाइरहेको जनाउँदै बैङ्कले एआई–सम्बन्धित मागले प्रविधि–सम्बन्धित वस्तुका लागि विश्वव्यापी मूल्यमा तीव्र वृद्धि गरिरहेको जनाएको छ ।

एआई–सम्बन्धित लगानीले मध्यपूर्व द्वन्द्वको प्रतिकूल प्रभावहरू भन्दा बढी लागत बढाई रहेकाले अस्ट्रेलियाका प्रमुख व्यापारिक साझेदारले अपेक्षाभन्दा बढी आर्थिक वृद्धिको अनुभव गरिरहेको बैङ्कले जनाएको छ ।

अस्ट्रेलियाको आवास बजारमा आएको मन्दीले देशमा थप आर्थिक अनिश्चितता सिर्जना गरेको बैङ्कले जनाएको छ ।

बैङ्का अनुसार अस्ट्रेलियाका अधिकांश राज्यका राजधानीमा आवासको मूल्य घटेको छ भने नयाँ आवास ऋणहरू उल्लेखनीय रूपमा घटेको छ । रासस