दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु


कपिलवस्तु, १५ असोज । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्मा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक आशिष अधिकारी मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल बुटवलमा निधन भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

स्थानीय पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लुप्र ०१–००१ क ०८४५ नम्बरको उक्त ट्याङ्कर सडक छेउको रुखमा ठोकिएको थियो । ट्याङ्कर चालक महेशप्रसाद चौधरीलाई भने प्रहरीले नियन्त्रणमा लिइएको छ ।