रास्वपाको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, यी हुन् कार्यसूची


काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।

बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख र उपप्रमुख मनोनयन, केन्द्रीय समिति‌ र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान तथा मधेस प्रदेश संगठनको अडिट रिपोर्ट बारे छलफल हुनेछ।