भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त


काठमाडौँ । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। 

स्वास्थ्य तथा खाद्य स्वच्छताको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई अध्यक्ष नियुक्त गरिएको हो। त्यस्तै, नवराज तिमिल्सिना र अनिता खड्कालाई सदस्य नियुक्त गरिएको छ। 

शुक्रबार स्वास्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनीहरूलाई नियुक्ति पत्र प्रदान गरेकी छन्। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्ने विश्वास लिइएको जनाएको छ। 

भरतपुर अस्पताल संघीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी अस्पताल हो।