काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोट गर्ने समिति गठन गरेको छ ।
पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन भएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
उनका अनुसार, समितिमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैद्धिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्य रहेका छन् ।
सबै प्रदेशलाई समावेश गर्नेगरी समिति बनाइएको प्रवक्ता खरेलले बताए । उक्त समितिमा सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था रहेको पनि उनले बताए ।




प्रतिक्रिया