युवामाझ लोकप्रिय अमृत गुरुङ काँग्रेसको केन्द्रीय सदस्य तयारीमा


काठमाडौँ । नेपाली काँग्रेस चितवनका प्रभावशावी युवा नेता तथा नेपाल तरुण दल चितवनका उपाध्यक्ष अमृत गुरुङले १५ औँ महाधिवेशनमा चितवन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधि पदमा खुल्लातर्फबाट निर्वाचित भएसँगै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छन् ।

नेपाली काँग्रसको राजनीतिसँग-सँगै विभिन्न सामाजिक कार्यमा अग्रसर नेता गुरुङ युवामाझ निकै लोकप्रिय छन् । हालसालै गएको रसुवा बाढी प्रभावित क्षेत्रमा उनकै नेतृत्वमा नेपाल तरुण दल चितवनले राहत सामाग्री वितरण गरेको थियो भने जाजरकोट भुकम्पमा समेत नेता गुरुङको नेतृत्वमा राहत वितरण गरिएको थियो । गत फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाल तरुण दलको तर्फबाट नेपाली काँग्रेस चितवन जिल्लाको चुनाबी कमाण्डर रहेका अमृत गुरुङले युवा परिचालन निकै प्रभावशाली रुपमा गरेका नेताहरु बताउँछन् ।

१५ औँ महाधिवेशनबाट नेपाली काँग्रेसमा युवा नेतृत्वको आवश्यक रहेको बताउँदै अग्रजहरुको आशीर्वाद र युवाहरुको साथमा आफुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको अमृत गरुङले बताए । साथै नेता गुरुङले सम्पुर्ण महाधिवेशन प्रतिनिधिलाई आफुलाई मतदान गरि विजयी गराइदिन समेत आग्रह गरेका छन् ।