सभापति थापाले अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन गरे कांग्रेसको १५औँ महाधिवेशन


काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन सभापति गगन थापाले उद्घाटन गरेका छन्।

आइतबार उनले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेर महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्।

सभापति थापाले बिरुवामा जल सेचनसमेत गरे । कांग्रेसका अग्रज नेताहरूको तस्बिरमा अन्य दलका नेताहरूले पनि माल्यार्पण गरे ।