कांग्रेस महाधिवेशनमा छिमेकी मुलुकका राजनीतिक दलका नेताहरु किन आएनन् ?


काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन आज खुलामञ्चमा भएको छ । पार्टी सभापति गगन कुमार थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेर महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्।

यो पटकको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा छिमेकी मुलुक भारत र चीनका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको भने भौतिक उपस्थिति नभएको पाइएको छ ।

महाधिवेशनमा भारत र चीनका राजनीतिक दलहरूले भौतिक रूपमा सहभागिता नजनाई शुभकामना सन्देश पठाएका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष निति नबिन र अल इण्डिया कांग्रेस कमिटीका अध्यक्ष मल्लिकार्जुन खड्गेले महाधिवेशनका लागि शुभकामना सन्देश पठाएका महामन्त्री पौडेलले बताए।

त्यसैगरी चीनको सत्तारुढ दल कम्युनिस्ट पार्टी अफ चाइनाले पनि कांग्रेसको महाधिवेशन सफलताको कामना गर्दै शुभकामना सन्देश पठाएको छ।

अघिल्ला महाधिवेशनहरूमा छिमेकी मुलुकका ठुला राजनीतिक दलका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहने गरे तापनि यसपटक भने उनीहरू काठमाडौँ आएनन्।

बाढी,पहिरोलगाायतका प्राकृतिक विपद्का कारण भौतिक उपस्थिति हुने नसकेको कांग्रेसले जनाएको छ ।