काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने जनआन्दोलनपछि गणतन्त्र आए पनि आफूहरूको धर्म र पहिचानमाथि प्रश्न उठेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै चौधरीले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै जनआन्दोलनसँगै धर्म परिवर्तनको विषय कसरी जोडियो भन्ने प्रश्न गरे।
“१९ दिने आन्दोलनबाट गणतन्त्र ल्यायौँ। तर त्यो १९ दिने जनआन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो, गगनजी ?” चौधरीले प्रश्न गरे।
उनले आफ्नो समुदायको पहिचान कुनै पनि राजनीतिक उपलब्धिसँग साट्न नसकिने स्पष्ट पारे। संविधान निर्माणमा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै चौधरीले कांग्रेसले कमैया मुक्ति लगायतका विषयमा गरेको योगदानको समेत स्मरण गरे।
कांग्रेसमा पछिल्लो समय आएको परिवर्तनले आफूमा विश्वास जागेको उनको भनाइ थियो।




प्रतिक्रिया