काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले दिएका छन्।
कांग्रेसका अनुसार भारत, चीन, बंगलादेश, स्पेन, दक्षिण कोरिया र बेलायतबाट महाधिवेशन सफलताको शुभकामना सन्देश प्राप्त भएको छ।
शुभकामना दिनेहरूमा भारतको भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन, अल इन्डिया कांग्रेस कमिटीका अध्यक्ष मल्लिकार्जुन खड्गे, चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि, स्पेनका प्रधानमन्त्रीसमेत रहेका सोसलिस्ट इन्टरनेसनलका सभापति पेड्रो सान्चेज तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष एवम् प्रधानमन्त्री तारिक रहमान रहेका छन्।
त्यस्तै, दक्षिण कोरियाको आइक्याप स्ट्यान्डिङ कमिटीका अध्यक्ष चुङ उई योङ र बेलायतको लेबर पार्टीले पनि कांग्रेस महाधिवेशन सफलताको शुभकामना दिएका छन्।
शुभकामना सन्देशमा अधिकांश नेताहरूले नेपाली कांग्रेससँगको पुरानो राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालसँगको द्विपक्षीय तथा जनस्तरीय सम्बन्धलाई अघि बढाउने विश्वास व्यक्त गरेका छन्।










प्रतिक्रिया