सडक बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान


काठमाडौँ । सडक बोर्ड नेपालले खाली रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । 

सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम न्यूनतम योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिहरूलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त पेश गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरिएको हो । 

दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोपछि लगत्तै कार्यालय खुलेको दिन फारम पेश गर्न सकिने बोर्डले जनाएको छ । यो पदका लागि सिभिल इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने योग्यता तोकिएको छ ।