साढे ९ बजेसम्म पनि सकिएन कांग्रेस मतदान


काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय समिति चयनका लागि भइरहेको मतदान निर्धारित समयभन्दा साढे २ घण्टा बितिसक्दा पनि जारी छ। बिहानदेखि सुरु भएको मतदानका लागि पटक–पटक समय थपिए पनि राति साढे ९ बजेसम्म सकिएको छैन।

मतदान लम्बिएसँगै आजै राति गर्ने भनिएको सभापति पदको मतगणना पनि अन्योलमा परेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सकिएपछि मात्रै मतगणनाको समय तय हुने बताएका छन्।