काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्ना तीन नेता अभिजीत दीपके, सौरव दास र आशुतोष रांकालाई दिल्ली प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ।
शनिबार जारी गरेको वक्तव्यमा पार्टीले मुम्बईबाट दिल्ली आएका उनीहरूलाई विमानभित्रैबाट नियन्त्रणमा लिइएको जनाएको छ। पार्टीका अनुसार अभिजीत दीपके सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहेका बेला उनीहरूलाई हिरासतमा लिइएको हो।
सीजेपीले प्रहरीको उक्त कदमको आलोचना गर्दै यसलाई ‘तानाशाहीपूर्ण’ व्यवहारको संज्ञा दिएको छ। साथै, तीनै जनालाई तत्काल रिहा गर्न माग गरेको छ।
पार्टीले आफ्ना नेताहरूलाई हिरासतमा लिने कार्य नागरिकको स्वतन्त्र आवागमनको अधिकारमाथिको उल्लंघन भएको आरोपसमेत लगाएको छ।
यसअघि चर्चित युट्युबर ध्रुव राठी र सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको खबर सार्वजनिक भएको थियो।




प्रतिक्रिया