कांग्रेस महाधिवेशन: महामन्त्री पदमा प्रदीप पौडेल अरूभन्दा अगाडि


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ।

ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा शनिबार साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ।

जसअनुसार महामन्त्री पदमा प्रदीप पौडेल अरूभन्दा अगाडि छन्। प्रदीप पौडेलले १ हजार ३ सय ७० मत पाइसकेका छन्।

यसपछि उदयशमशेर राणा छन्। उनले अहिलेसम्म ७८३ मत प्राप्त गरेका छन्।

यसपछि अमर पुनले ६८७ र सुनिल शर्माले ५३९ मत ल्याएका छन्।