सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ । सहमहामन्त्रीहरूको अन्तिम मत परिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गरिने निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए । 

सहमहामन्त्रीको खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन् भने महिलातर्फ प्रतिमा गौतम अगाडि रहेकी छिन् । अन्यको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । 

संयोजक खड्काका अनुसार, जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना अहिले थालिँदै छ ।