सुर्खेत । मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन्।
आज बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्डमा सडक कटिङ गर्ने क्रममा पहिरो खसेको हो। पहिरोमा बझाङका २४ वर्षीय चालक विमल बाग पुरिएका छन्। सहचालक २२ वर्षीय विनय मल्ल ढुङ्गाको हातखुट्टामा चोट लागेको छ।
पुरिएका चालकको उद्धारका लागि १३ जना प्रहरी घटनास्थलमा खटिएका छन्। उनको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
चालकको उद्धार तथा घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया