खुला सहमहामन्त्रीको १९८९ मत गन्दा कसकाे कति मत ?


काठमाडौँ । नेपाली कांग्रेसको खुला सहमहामन्त्रीको १९८९ मत गन्दासम्म रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै राखेका छन् । 

दुई पदका लागि भएको निर्वाचनमा ९ जना उम्मेदवार छन् । त्यसमा पहिलो नम्बरमा खतिवडा छन् । उनले ९१७ मत ल्याएका छन् । दोस्रोमा रहेका  शिवाकोटीको ६५३ मत छ । तेस्रोमा डिल्लीराज सुवेदीले ५०० मत ल्याएका छन् ।  

अमृतकुमार अर्यालले २०४, देवेन्द्रराज कँडेल ३९५, विकास कोइराला ३३०, विमलराज क्षेत्री ७२, रमेशप्रसाद धमला २४४ र राजीव ढुङ्गानाले २९३ मत ल्याएका छन् ।