काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाविरुद्ध जापानको पीआर, घरसम्पत्ति र राजनीतिक निकटताको विषय उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।
जापानमा बस्दै आएका अरुण पराजुलीले इमेलमार्फत उजुरी दिँदै थापाको नाम अनुमोदन नगर्न माग गरेका हुन् । उजुरीमा सन् २०१८ मा जापानको स्थायी आवासीय अनुमति लिएको र कानागावामा घर रहेको दाबी गर्दै यसले स्वार्थको द्वन्द्व निम्त्याउन सक्ने उल्लेख छ ।
थापालाई रास्वपाका नेताहरूसँगको राजनीतिक निकटताका आधारमा सिफारिस गरिएको आरोप लगाउँदै उजुरीकर्ताले छनोट प्रक्रियाको पारदर्शितामाथि छानबिन गर्न माग गरेका छन् ।
यसैबीच, भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेसम्बन्धी पत्रलाई समितिले सुझावका रूपमा लिएको छ भने साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्धको उजुरीमा गोप्य छलफल अघि बढाएको छ ।




प्रतिक्रिया