काठमाडौं । आज गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामर्फत भारत भ्रमणमा निस्किएका हुन् ।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् ।
बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।
नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।
मन्त्रीस्तरीय जमघटअघि बिमस्टेकका गृहसचिवहरूको बैठक बस्ने नेपाली अधिकारीहरूले जनाएका छन्। भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहलगायत अन्य सदस्य राष्ट्रका गृहमन्त्रीहरूसँग द्विपक्षीय छलफल गर्ने तय भएको छ।




प्रतिक्रिया