लडेको र ढलेको बेलामा प्राप्त हुने साथको महत्व धेरै हुन्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक जीवनमा सफलता र सहज अवस्थामा भन्दा कठिन परिस्थितिमा साथ दिनेहरूको भूमिका अझ महत्वपूर्ण हुने बताएका छन् ।

दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति थापाले आफ्नो राजनीतिक यात्राका क्रममा आफूले पटक–पटक कठिन परिस्थिति सामना गरेको स्मरण गरे ।

‘सिधा हिँडिरहेको बेलामा र सजिलो अवस्थामा साथ दिनेहरू धेरै हुन्छन्,’ उनले भने, ‘तर लडेको र ढलेको बेलामा प्राप्त हुने साथको महत्व धेरै हुन्छ ।’

आफू कमजोर अवस्थामा हुँदा पनि निरन्तर शुभेच्छा, आशीर्वाद र स्नेह प्रदान गर्नेहरूप्रति थापाले आभार व्यक्त गरे । उनीहरूको विश्वास र समर्थनकै कारण आफू आजको स्थानमा पुग्न सफल भएको उनको भनाइ थियो ।

‘म धेरै पटक कमजोर भएको छु, अप्ठ्यारोमा परेको छु । त्यस्तो बेला पनि तपाईंहरूले कुनै संकोच नगरी निरन्तर शुभेच्छा, आशीर्वाद र स्नेह दिनुभएको छ,’ उनले भने, ‘त्यसका लागि बोलेर मात्रै आभार व्यक्त गर्दा पनि पुग्दैन ।’

सभापति थापाले आफ्नो राजनीतिक यात्रामा शुभेच्छुकहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आफूले पाएको विश्वास र स्नेहलाई पटक–पटक स्मरण गर्न मन लाग्ने बताए ।

Skip This