काठमाडौँ । नेपाली बजारमा पहेँलो धातुको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले उकालो लागेको छ।
बढ्दो क्रमसँगै आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको छ।
महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ कायम गरिएको छ।




प्रतिक्रिया