दाङ । जिल्ला भूमि समस्या समाधान समिति दाङले जिल्लाका ८ भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका परिवारले पुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बन्ने अवसर पाएका हुन्।
समितिका अनुसार साविक गोवरडिया गाविस वडा नं. ६ ख (हाल गढवा गाउँपालिका–३) का ५ परिवार, साविक सोनपुर ५क (हाल लमही नगरपालिका–३) का २ परिवार र साविक लालमटिया ३त (हाल राप्ती गाउँपालिका–१) का १ परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराइएको हो।
वर्षौंदेखि आफ्नो नाममा जग्गा दर्ता नहुँदा स्वामित्वविहीन अवस्थामा रहेका परिवारले लालपुर्जा पाएपछि जग्गामाथिको कानुनी अधिकार प्राप्त गरेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियान तिव्र रुपमा अघि बढाएको छ।




प्रतिक्रिया