सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ, २२ कात्तिक । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । यही शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको थियो ।