घोप्टेभीरमा ठूलो सुक्खा पहिरो, मलेखु–मुग्लिङ सडक अवरुद्ध


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा ठूलो सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सोमबार राति करिब ११ बजे खसेको पहिरोका कारण मंगलबार बिहान ७ बजेसम्म पनि सडक सञ्चालनमा आउन सकेको छैन।

पहिरोका कारण तिहार मनाउन गन्तव्यतर्फ हिँडेका यात्रुहरू बाटोमै अलपत्र परेका छन्। सडक अवरुद्ध भएपछि उक्त खण्डमा सवारीसाधनको लामो जाम लागेको छ।

नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार पहिरो हटाउने कार्य तीव्र गतिमा भइरहेको छ। पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको र केहीबेरमै सडक पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

यसअघि सोमबार पनि सोही सडकखण्डमा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको थियो। लगातार पहिरो खस्दा पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधनले सास्ती भोग्नुपरेको छ।