काठमाडौं । नेपाल र भारतबीच हाल एकतर्फी मात्र सञ्चालनमा रहेको ‘बी३४५’ काठमाडौँ-भैरहवा-लखनऊ हवाई मार्गलाई दोहोरो (दुईतर्फी) बनाउने सहमति भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको द्विपक्षीय वार्तापछि नोभेम्बर २३ मा जारी संयुक्त प्रेस वक्तव्यमा यो सहमति सार्वजनिक गरिएको हो ।
दुई देशबीचको हवाई सम्पर्क (कनेक्टिभिटी) विस्तार गर्न तथा द्विपक्षीय आर्थिक संलग्नतालाई प्रवर्द्धन गर्न नागरिक उड्डयनका विषयमा भइरहेका छलफलका क्रममा यो निर्णय लिइएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार हाल एकतर्फी (युनिडाइरेक्सनल) रहेको काठमाडौँ-भैरहवा-लखनऊ (बी३४५) हवाई मार्गलाई अब दुईतर्फी (बाइडाइरेक्सनल) बनाउन दुवै क्ष सहमत भएका छन् ।
सहमतिलाई कार्यान्वयनमा ल्याउन आवश्यक प्राविधिक ढाँचा (मोडालिटी) टुङ्ग्याउनका लागि दुवै देशबीच छिट्टै प्राविधिक परामर्श गरिनेछ ।
साथै हाल दुवै पक्षबाट छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावहरूलाई समेत सोही प्राविधिक परामर्शका क्रममा सम्बोधन गरिने संयुक्त प्रेस वक्तव्यमा जनाइएको छ ।




प्रतिक्रिया