चिकित्साशास्त्र अध्ययन संस्थानले माग्यो २६ उपप्राध्यापक (सूचनासहित)


काठमाडौं, पुस ८ । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले २६ जना उपप्राध्यापक मागेको छ। त्रिविले आज एक सूचना जारी गर्दै करारमा नियुक्त गर्ने गरी २६ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको हो।

संस्थानले २६ छुट्टाछुट्टै विषयका लागि उपप्राध्यापक मागेको हो । करार अवधि कम्तिमा एक वर्ष भनिएको छ। योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको २८ दिनभित्र आवेदन फाराम बुझाउन सक्नेछन् ।