प्रतिनिधि सभाको बैठक जारी {LIVE}


काठमाडौं, २४ माघ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । गत माघ १८ गतेदेखि सुरू भएको संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक सुरु भएको हो । आजको प्रतिनिधि सभा बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने बताइएको छ ।

त्यसैगरी, बैठकमा सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । आजको बैठकमा समितिको प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची छ ।