नेविसंघद्धारा सगरमाथाको काखमा ‘क्लाइमेट जस्टिस’ कार्यक्रम सञ्चालन, टि–२० जय नेपाल कपको ट्रफीसहित सेलिब्रेशन


काठमाडौं, २४ माघ । नेपाल विद्यार्थी संघले वातावरण जोगाउने अभियानलाई तिव्रता दिएको छ । संघका अध्यक्ष दुजाङ शेर्पाको परिकल्पनाले विस्तारै सार्थकता पाउँदै गरेको छ । नेतृत्वको भीजनअनुसार जलवायु परिवर्तनबारे देशव्यापी रुपमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा पनि अभियान तिव्र रुपमा सञ्चालन भएपछि अहिले नेविसंघको सिर्जनशील कामहरुको प्रशंसा हुन थालेको छ।
अध्यक्ष शेर्पाले भावी पुस्तालाई अहिलेकै अवस्थामा प्रकृति हस्तान्तरण गर्नुपर्ने आत्मबोधसहित आफूहरुले देशव्यापी रुपमा अभियान छेडेको र आज सगरमाथाको काखमा एक दिवसीय विचारविमर्श राखिएको स्पष्ट पारे । उनले भने,‘यो प्रतियिोगितालाई हामीले मोर द्यान गेम, इट्स अ मुभमेन्ट भनेका थियौं । सातै वटा प्रदेशमा क्लाइमेट चेञ्जको क्षेत्रमा काम गर्ने च्याम्पियनहरुलाई हामी फागुन २ गते सम्मान पनि गर्दैछौं । विशेषगरि ग्रासरुट क्रिकेटलाई इन्टरनेश्नल प्लाटफर्म दिनका लागि प्रतियोगिता गरेका हो, त्यो उद्देश्यमा हामी सफल भएका छौं ।’

अहिले जलवायु परिवर्तनको असर भोग्नुपरेको घट्नापनि सुनाए । काठमाडौं उपत्यकावरिपरि बाढि/पहरिोले ठूलो क्षति भएको घट्ना स्मरण गराउँदै उनले प्रकृतिलाई जोगाउने चूनौतिको सामना गर्दै अघि बढेको अध्यक्ष शेर्पाको भनाई छ । उनले भने,‘अहिले हाम्रो पुस्ताले देखेको र भोगेको प्रकृति हामीले अर्को जेनरेशनलाई त्यही अवस्थामा हस्तान्तरण गर्नुपर्छ । कोप सम्मेलनमा पनि विषय उठाईएको छ । आजै तपाईंहरु उपस्थिति सबैले यहाँ माउन्टेनहरु हेर्नुभयो, प्रत्यक्ष हेर्नुभयो हिउँ खाली भैरहेको अवस्था छ । जलवायु परिवर्तनको असर देखिएको छ । जलवायु परिवर्तनको असरले विन्टर विन्टरजस्तो भएन, समर समरजस्तो नहुने देखिँदैछ । अब हामीले संसारलाई एउटा मेसेज दिनुपर्छ । प्रत्येकले अब एउटा विरुवा रोप्नुपर्छ भन्ने अभियान चलाएका छौं । आज सगरमाथाको काखबाट यो अभियान सुरु भएको छ । सगरमाथा निकुञ्जमा काम गर्ने र स्थानीय समूदायसँगपनि अन्तरक्रिया गर्ने मौका पाएका छौं ।’

उनले सगरमाथाको काखमा बसेर आफ्नो संगठनले ‘वन अर्थ, वन भ्वाईस : एक्ट अन क्लाइमेट चेञ्ज’ नारासहित आयोजना गरिएको टी–२० जयनेपाल कपको ट्रफीसहित विजयोत्सव ‘भिक्टरी सेलिब्रेशन’ मनाउन पाउनु खुशीको विषय भएको बताए । उनले आजको कार्यक्रम आयोजनाको लागि भेन्यु उपलब्ध गराएको भन्दै एभरेष्ट भ्यू प्वाईन्ट होटललाई पनि धन्यवाद ज्ञापन गरे ।

आफ्नो मन्तव्यको आखिरीमा अध्यक्ष शेर्पाले नयाँ पुस्तालाई जलवायु परिवर्तनको बारेमा जानकारी दिनुपर्ने आवश्यकत्ता औंल्याउँदै नेविसंघले त्यसको नेतृत्व गरिरहेको स्पष्ट पारे । उनले थपे,‘वातावरण जोगाउनको लागि एक्शन लिनुपर्छ । साझा आवाज र साझा सहकार्य हुनुपर्छ । वृक्षारोपण अभियान देशव्यापी रुपमा चलाउँछौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि यो मुभमेन्ट अभिवृद्धि भैरहेको छ । यसमा सहभागी सबै साथीहरुप्रति आभार व्यक्त गर्दछु । धन्यवाद ।’

नेविसंघले आयोजना गरेको उक्त टी–२० जयनेपाल कपको उपाधि नेपालको मध्यपश्चिम विश्वविद्यालयले हात पारेको थियो । त्रिवि क्रिकेट मैदानमा माघ १५ गते सम्पन्न फाइनलमा भारतको लखउन विश्वविद्यालयलाई ५८ रनले हराउँदै मध्यपश्चिम विश्वविद्यालय च्याम्पियन बनेको थियो । उक्त प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी कुल आठ विश्वविद्यालयले प्रतिष्पर्धा गरेका थिए । बंगलादेशको एक, भारतको तीन र नेपालका चार विश्विद्यालयलले जय नेपाल कप टी–२० प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए ।