अध्यादेशबारे जसपा नेपालले थप अध्ययन गरी निर्णय गर्छः पूर्ण बस्नेत


काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेशबारे पार्टीले थप अध्ययन गरी उचित निर्णय गर्ने बताएका छन् ।

सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश पेश नगरी बैठकको कार्यसूचीबाट हटाएको अवस्थामा जसपा नेपालले औपचारिक रुपमा अध्यादेशबारे निर्णय नगरेको उनले बताए ।

जसपा नेपालले अध्यादेशका सम्बन्धमा विज्ञहरुसँग छलफल गरेको थियो । पार्टीका उपाध्यक्ष राजकिशोर यादव संयोजकत्वको कार्यदलले विज्ञहरुकको सुझावसहितको प्रतिवेदन तयार पारी पार्टीलाई बुझाइसकेको छ । पार्टीले थप अध्ययन गरी उपयुक्त निर्णय गर्ने बस्नेतले बताए । File Photo/RN