काठमाडौं, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारिख बुझ्नको लागि पोखरातर्फ लागेका छन् । उनी चितवन जिल्ला अदालतको आदेशबाट हिजोमात्रै ५४ लाख धरौटीमा रिहा भएका हुन् ।
चितवनको अदालतको काम सकेर उनी आज तारिख बुझ्नको लागि कास्की जिल्ला अदालत पोखरा पुगेका हुन् । उनीसँगै पत्नी निकिता पौडेल र रास्वपाका युवा नेता दीपक बोहोरालगायत पोखरा पुगेका हुन् ।
रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता हुँदैछ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने कास्की, काठमाडौं, रुपन्देही र चितवनबाट क्रमशः ६५ लाख, ६० लाख, एक करोड र ५४ लाख धरौटी बुझाएर रिहा भएका छन् । अहिलेसम्म लामिछानेले २ करोड ७९ लाख धरौटी रकम बुझाएका छन् ।




प्रतिक्रिया