‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ सरिमायालाई


काठमाडौँ, १४ फागुन । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृतिमा स्थापना गरिएको ‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ रम्तेलकी आमा किर्कौली रम्तेल (सरिमाया) लाई प्रदान गरिएको छ ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सो पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि ५० हजार रहेको छ ।

सोही अवसरमा सचिव पौडेलले रम्तेल जस्ता हजारौँ सहिदको बलिदानबाट आएको परिवर्तनलाई व्यवस्थित र संस्थागत गर्नुपर्नेमा जोड दिए । जनयुद्धकालमै रम्तेललगायतका सहिदहरूको स्मृतिमा माओवादी केन्द्रले आजदेखि यही फागुन २१ सम्म साताव्यापी ‘सहिद सप्ताह अभियान’ मनाउने भएको छ । File Photo/RN