अध्यादेश संसद्मा टेबुल हुँदै, कांग्रेसले सांसदहरुलाई लगायो ह्वीप


काठमाडौं, २० फागुन । भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले पछिल्लो समय ल्याएको ५ वटा अध्यादेश टेबुल हुने भएको छ । यो सँगै सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । भोलि दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची रहेको छ ।

आफ्ना सांसदहरुलाई सन्देश पठाउँदै कांग्रेसले बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन भनेको छ । भूमिसम्बन्धी अध्यादेशबाट भने सरकार पछाडि हटेको छ ।

भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन गरेका दलहरुले समेत विरोध गरेका छन् । राष्ट्रिय सभामा बहुमत पुर्याउन कठिन भएपछि सरकारले अहिलेलाई भूमिसम्बन्धी अध्यादेश थाँती राखेको हो । File Photo/RN