काठमाडौं, २० फागुन । साङ्ग्रिला मोटर्स प्रा.लि.ले लिपमोटर टी ०३ लन्च गरेको छ । आज (मंगलबार) सिल्वर ओक ब्यान्क्वेट काठमाडौंमा आयोजित समारोहमा लिपमोटर टी ०३ को औपचारिक रुपमा लन्च गरिएको हो । लिपमोटर टी ०३ मा ३७.३ किलोवाट ब्याट्री रहेको छ । जसको डब्लुएलटिपी रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ । यसमा लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ । जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव दिन्छ ।
साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएको भन्दै खुसी व्यक्त गरे । ‘लिपमोटर टी ०३ नेपालमा प्रस्तुत गर्न उत्साहित छौं । दीगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउँछ,’– प्रबन्ध निर्देशक गोल्छाले भने ।
गोल्छा अर्गनाइजेसनको सदस्य रहेको साङ्ग्रिला मोटर्सले गुणस्तरीय अटोमोबाइल उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ । नेपालमा लिपमोटर र सिट्रोनका आधिकारिक विक्रेता साङ्ग्रिला मोटर्सले नवीनतम प्रविधियुक्त र दिगो विकासलाई प्राथमिकता दिने सवारी साधनलाई प्राथमिकतामा राख्दै आएको छ ।




प्रतिक्रिया