काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत नयाँ स्पिरिट र नयाँ भावना लिएर आएका मानिसहरुलाई आफूले संरक्षण र समर्थन गर्ने गरेको बताएका छन् ।
आज (बिहीबार) पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बालेन, हर्क साम्पाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ स्पिरिट र भावनासहित आएका शक्तिलाई आफूले समर्थन गरिरहेको बताएका हुन् । रास्वपाका सभापति रवि लामिछानेपनि जनमतलाई प्रभावित पारेर राजनीतिमा उदायको बताउँदै प्रचण्डले भने, ‘बालेन, हर्क सम्पाङ, रास्वपा । रवि लामिछाने पनि जनमतलाई प्रभावित पारेर आएकै मान्छे हो नि । त्यस कारण मैले नयाँलाई संरक्षण गरिराखेको छु ।’
यसो त पूर्व प्रधानमन्त्री प्रचण्डले बालेन, हर्कलगायतका नयाँ शक्तिहरुलाई लोकतन्त्रको फूलबारीमा फुलेका सुन्दर फूलको संज्ञा दिँदै आएका छन् ।




प्रतिक्रिया