काठमाडौं, २२ फागुन । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो । झापाका खरेल संविधानसभा सदस्य हुन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका खरेल पूर्व महान्यायाधिवक्ता र पूर्व कानुनमन्त्री समेत हुन् । खरेलको विज्ञतामाथि भने प्रश्न नरहला । तर, प्रश्न संविधानको रहेको छ ।
संविधानले सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्तालाई चिन्छ । यस अर्थमा प्रधानमन्त्रीको कानुनी सल्लाहकार भनेकै महान्यायाधिवक्ता हुन्छ । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ताको नियुिक्त गर्ने कानुनी व्यवस्था रहेको छ । अर्कोतर्फ प्रधानमन्त्रीले चाहेको अवधिसम्म महान्यायाधिवक्ता आफ्नो पदमा बहाल रहन सक्छ ।
यस प्रकारको संवैधानिक व्यवस्था रहँदा पनि सरकारले प्रधानमन्त्रीको विज्ञ कानुनी सल्लाहकारमा खरेललाई नियक्त गर्नु महान्यायाधिवक्तामाथिको अविश्वासको रुपमा हेरिनुपर्ने कानुनका ज्ञाताहरु बताउँछन् । प्रधानमन्त्री ओलीले नियुक्त गरेका वर्तमान महान्यायाधिवक्ता रमेश बडाल हुन् । खरेलको नियुक्तिलाई प्रधानमन्त्री ओलीको बडालमाथिको अविश्वासको रुपमा हेर्न थालिएको छ ।




प्रतिक्रिया