काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले अहिले गणतन्त्रवादीकै क्रियाकलापका कारण व्यवस्था खतरामा पर्दै गएको टिप्पणी गरेका छन् । आज (शनिबार) माओवादी केन्द्र इलाम माङसेबुङ्ग गाउँ कमिटी अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिले गणतन्त्रको विरुद्धमा सडकमा विष वमन भइरहेको बताएका हुन् । गणतन्त्रका पक्षधरहरुले गणतन्त्रको स्वाद जनतामा पुर्याउन नसक्दा अहिलेको परिस्थिति निर्माण भएको उनको भनाइ छ । उनले अब गणतन्त्रवादीहरुले जनतासँग माफी मागेर नयाँ बाटोको निर्माणमा जुट्नुपर्ने उनको सुझाव छ ।
‘आज गणतन्त्रवादीकै कारण गणतन्त्र कमजोर हुँदै जाँदैछ । गणतन्त्रको विरुद्धमा सडकमा विष वमन हुनुको मुख्य कारण गणतन्त्रको स्वाद र जरा जनतामा पुऱ्याउन नसक्नु हो । जताको आशा मर्दै जानुहो । अब गणतन्त्रवादीहरुले जनतासँग माफी मागेर राजनीतिको नयाँ बाटो निर्माण गर्नु सक्नुपर्छ । अन्यथा व्यवस्था नै दुरघटनामा पर्न सक्छ, देशको भविष्य अनुमान गर्न गाह्रो हुने भयो,’– उनले भने ।
त्यस्तै, नेपालीको सापेक्षताको राजनीति बाटो निर्माण गर्न राष्ट्रिय बहसको आयोजना गर्नुपर्ने पनि उनले आवश्यकता औंल्याए । राजनीतिक दल र नेतृत्वहरु पूर्वाआग्रह र संक्रिणताबाट मुक्त भएर माथी उठ्न नसके देशले अझै दुः ख पाउने उनको भनाइ छ । उनले इतिहासबाट आजसम्म यो विविधतायुक्त नेपाली समाजमा जनता मिलेरै बसेको, मिलेरै देशलाई बचाएको र राजनीतिमा पनि मिलेरै निरंकुशताको अन्त्य गराएको बताउँदै अब मिलेर नै गरिबी, अशिक्षा,वेरोजगार र भ्रष्टाचारलाई साझा सत्रु ठानी अघी बढ्नुपर्ने बताए ।




प्रतिक्रिया