काठमाडौं । आजबाट चैत १६ गतेसम्म चल्ने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेशका ब्याटर आकाश त्रिपाठीले अर्धशतक हिर्काएका छन् ।
सिद्धार्थ रंगशालामा जारी खेलेमा आकाशले कोशी प्रदेशविरुद्ध अर्धशतक हिर्काएका हुन्। जारी संस्करणमा आकाशले हिर्काएको पहिलो अर्धशतक हो ।
कोशीविरुद्ध आकाशले ८३ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५३ रन जोडेका छन् । ताजा अवस्थामा लुम्बिनीले ४३ ओभरमा ७ विकेट गुमाएर १७८ रन जोडेको छ । लुम्बिनीका लागि आकाश ५४ तथा नर सार्की ३७ रन जोडेर खेलिरहेका छन् ।




प्रतिक्रिया